Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १४ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । जसमा ११ हजार २ सय ९८ पुरुष र १ हजार ४ सय ७४ महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ३ सय ५८ पुरुष र १ सय ५ महिला रहेका छन् । ७७ वटा जिल्लामा नै कोरोना संक्रमण फैलिसकेको छ ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७९ रहेको छ । जसमा १ सय ६६ पुरुष र १३ महिला रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३ रहेको छ । जसमा २ हजार ७ सय ५८ पुरुष र २ सय ५५ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।

गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ६२ र आरडीटी विधिबाट २ हजार ७ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख १५ हजार ८ सय ३९ जनाको परीक्षण गरिएको छ भने, आरडीटी विधिबाट २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।
अहिले देशका विभिन्न अस्पतालमा ९ हजार ७ सय ३१ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना व्यक्तिहरु रहेका छन् ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ नै रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया