Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १४ असार २०७७ । गौरादह नगर क्षेत्रभित्र रहेका कलाकार तथा कलाक्षेत्रको संरक्षण गर्न कलाकारहरु संगठित भएका छन्। गौरादह नगरपालिका भित्ररहेका कलाकारहरु गौरादहमा भेलाभई कलाक्षेत्रको प्रबर्द्धन गर्न छाता संगठनको रूपमा दर्पण कला चौतारी नामक संस्था गठन गरेका छन। प्राबिधिक शिक्षालय गौरादहको सभाहलमा भेलाभएका कलाकारहरुले आनन्द सुब्बाको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति गठन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा हरी बस्नेत (डि.के.) सचिवमा भुवन खड्का तथा कोषाध्यक्षमा पंकजा भण्डारी(पुनम नेपाल)रहेका छन्। समितका सदस्यहरुमा जिदन मर्डी, भावना चौलागाईं, देवु निरौला, हनी राजवंशी, रोम कुमार खड्का रहेका छन्। सोहि भेलाले भोजराज दाहालको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। सल्लाहकार समितिका सदस्यहरुमा सुरेश बहादुर पौडेल र सिताराम ताजपुरिया सदस्य रहेका छन्।

नवगठित समितिले नगरपालिका भित्ररहेर विभिन्न क्षेत्रमा आबद्ध कलाकार र कलाक्षेत्रको संरक्षण र प्रबर्द्धन गर्दै बिधान निर्माण गर्ने जनाइएको छ। नवगठित तदर्थ समितिले बिधान निर्माणकार्यलाई सहज बनाउन टेक बहादुर कार्कीको संयोजकत्वमामा ५ सदस्यीय बिधान निर्माण उपसमिति गठन गरेको छ।बिधान निर्माण उपसमितिका सदस्यहरुमा चक्रमणी बराल, धर्म चौहान, कविता कोइराला घिमिरे, नारायण राजवंशी रहेका छन।

दर्ता उपसमितिमा भुवन खड्का, टेक बहादुर कार्की र छलमाया बजगाइ रहेका छन् ।नगरपालिका भित्र छरिएर रहेका कलाकारहरुको पहिचाहन गरि एकजुट गराउन भुवन खड्काको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।समितिका सदस्यहरुमा नारायण राजवंशी, हरि बस्नेत, जिदन मर्डी, सुरेन्द्र श्रेष्ठ र डिक खड्का रहेका छन्। कलाकारहरुको संगठनले गरेका कार्यहरुलाई संचारका माध्यमबाट प्रचारप्रसारमा सहयोग पुर्याउन मिडिया संयोजकमा सान नेपाललाई छनौट गरिएको छ।

तपाईको प्रतिक्रिया