Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १२ असार २०७७ । झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ । झापामा चार जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

उनिहरु कुवेत र भारतबाट आएका चार झापालीमा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार शुक्रवार दमक नगरपालिकाका २ जना पुरुष, १ जना महिला र मेचीनगरका एक पुरुषमा संक्रमण देखिएको हो ।

महिला कुबेतबाट फर्किएकी हुन् भने तीन जना पुरुष भारतबाट फर्किएका हुन् । यो सँगै झापामा संक्रमितको संख्या २ सय २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया