Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, १२ असार २०७७ । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर १० वटा प्रयोगशाला थप गरेको छ ।

असार १० गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमा कोरोना परीक्षण गर्ने ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णयअनुसार झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा अब कोरोना परीक्षण ल्याब सञ्चालन हुनेछ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमका संयोजक डा। गुणराज लोहनीका अनुसार पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा पनि प्रयोगशाला सञ्चालन हुनेछ ।

यसअघि नेपालभर सरकारी २३ वटा प्रयोगशालामा कोरोना परीक्षण भइरहेकामा अब थप १० वटाबाट पनि परीक्षण हुनेछ ।

तपाईको प्रतिक्रिया