Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १२ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमा १० हजार ५ सय ६ पुरुष र १ हजार २ सय ४९ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ४ सय ८६ पुरुष र १ सय ७ महिला रहेका छन् । हालसम्म ७७ जिल्ला मध्ये संक्रमण फैलिएको जिल्ला ७६ पुगेको र रसुवा जिल्ला मात्र बाँकी रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ रहेको छ । जसमा २ हजार ४ सय ७४ पुरुष र २ सय २२ महिला रहेका छन् ।

गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ३४ र आरडीटी विधिबाट २ हजार ४ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ६ हजार २ सय ७१ जनाको परीक्षण गरिएको छ भने, आरडीटी विधिबाट २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ ।
अहिले देशका विभिन्न अस्पतालमा ९ हजार २० जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ७१ हजार १२ जना व्यक्तिहरु रहेका छन् ।

यसैबीच,कोरोना संक्रमणबाट थप एर्कको मृत्यु भएको छ ।
मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया