Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १२ असार २०७७ । जनता मा.वि.गौरादहका शिक्षक तथा नेपाल पत्रकार महासंघ झापाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ । उनको बुबा तारानाथ घिमिरेको ७४ बर्षको उमेरमा शुक्रबार बिहान ७:५५ बजे निजि निवास गौरादह नगरपालिका वार्ड नं.४ मजुवामा निधन भएको हो ।

पेटमा ट्युमर सम्बन्धि रोगले पिडित भएका मृतक घिमिरे एक वर्ष अघि ट्युमरको अप्रेसन गरि घरमै स्वास्थ्य लाभ लिईरहेका थिए । ओखलढुंगाको चिशंखुपोखरीमा वि.सं. २००४ साल साउन १२ गते जन्मनु भएका सामाजिक तथा धार्मिक व्यक्तित्वका धनी घिमिरे सरस्वती घिमिरेसंग वैवाहिक बन्धनमा बाँधिनु भएको थियो ।
उनका २ छोरा र ३ छोरी हुनुहुन्छ ।

उनको पार्थिव शरिरलाई शुक्रबार दिउँसो १२ बजे झापा गौरादह नगरपालिका वार्ड नं. ७ स्थित फकिरढिप गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
मृतक घिमिरेका जेठा छोरा डण्डीराज घिमिरे समरूप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका सञ्चालक तथा सम्पादक हुन् । पछिल्लो समय नेकपाको जिल्ला सदस्यसमेत रहेका पत्रकार घिमिरे गौरादह नगरपालिका वार्ड नं.१ स्थित जनता माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध छन।

तपाईको प्रतिक्रिया