Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026
झापा, १ भदौ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले लिने पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
दमक उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आङ्बाले भने, “जन्म, मृत्यु, बसाइसराई, विवाहलगायत व्यक्तिगत घटना दर्ताका लागि लिइने शुल्कका विषयमा विवाद आइरहेको छ, मन्त्री आङ्बोले भने, “यसमा स्थानीय तहले विचार गर्नुपर्छ ।” उनले जनभावनाअनुरुप शुल्क निर्धाण गर्न आग्रहसमेत गरे ।
दोहोरो करका विषयमा चर्चा गर्दै मन्त्री आङ्बोले कतै पनि दोहोरो कर लगाउन नपाइने बताए । “तीन तहको सरकारका कारण कतै पनि दोहोरो लाग्दैन”, उनले भने, “यदि कहीँ त्यस्तो भएको छ भने पनि तुरुन्त सच्याइने छ ।”
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments