Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १० असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । जसमा ९ हजार ६ सय ३४ पुरुष र १ हजार ९४ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ६ सय २९ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ५ सय १९ पुरुष र १ सय १० महिला रहेका छन् ।

यस्तै, विश्वभरका २ सय १५ देशहरूको सूचि समावेश गरिएको वल्र्डोमिटरमा कोरोना भाइरस रोगबाट प्रभावित देशहरूमध्ये नेपाल अहिले ६४ नम्बरमा आएको छ ।
तथ्यांकअनुसार ६६ नम्बरबाट नेपाल संक्रमितको सूचिमा ६४ नम्बरमा आएको हो ।

हालसम्म ७७ जिल्ला मध्ये संक्रमण फैलिएको जिल्ला ७६ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ रहेको छ । जसमा २ हजार १ सय ४१ पुरुष र १ सय ९७ महिला रहेका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट १ लाख ९३ हजार १ सय ९४ जनाको परीक्षण गरिएको छ भने, आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।

आज १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना व्यक्तिहरु रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया