Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, १० असार २०७७ । गौरादह नगरपालिकाले आ.व. २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ। गौरादह नगरपालिकाको सभाहलमा उपमेयर गीता भेट्वाले आ.व. २०७७/०७८ का लागि ७३ करोड २३ लाख ८९ हजार को बजेट सार्वजनिक गरेकी छन् ।

आ.व. २०७७/०७८ को निर्माण गर्दा केन्द्र सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान,राजस्व अनुमान समिति तथा श्रोत परिचालन समितिबाट प्राप्त अनुमानित श्रोत, छैठौं नगरसभामा नगर प्रमुखबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, नगरसभा सदस्यहरु,बिषयगत समिति,योजना तर्जुमा समिति,कर्मचारी, राजनितीक दल, र निजि क्षेत्र समेतको राय, सुझाव र सल्लाहलाई समेटेर बजेट तयार गरेको उपमेयर गिता भेट्वालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

छैठौं नगरसभा मार्फत सार्वजनिक गरिएको बजेटमा आय तर्फ केन्द्र सरकार बित्तीय समानिकरण अनुदानबाट १५ करोड ४६ लाख, केन्द्र सरकार राजस्व बाँडफाडबाट १० करोड २६ लाख ८३ हजार, आन्तरिक आयबाट ५ करोड, प्रदेश सरकार समानिकरण अनुदानबाट ७६ लाख १७ हजार, प्रदेश सरकार राजस्व बाडफाड ७५ लाख ५१ हजार, प्रदेश सरकार शर्सत अनुदानबाट १ लाख, प्रदेश सरकार समपुरक अनुदानबाट १ करोड, केन्द्र सरकार समपुरक कोषबाट ३ करोड, केन्द्र सरकार शर्सत अनुदान ३१ करोड ४८ लाख ३८ हजार र चालू बर्षको मौज्दात ५ करोड ५० लाख सहित ७३ करोड २३ लाख ८९ हजारको अनुमानित आम्दानीको बजेट सार्वजनिक गरिएको छ।

खर्च तर्फ जेसिबी खरिदमा ४५ लाख,वडा संग कालोपत्रे सडक साझेदारीमा ४ करोड ५० लाख, वडा गत योजनामा प्रशासनिक खर्च समेत २ लाखका दरले जम्मा १० करोड ३० लाख,कृषि सम्बन्धि कार्यक्रममा १ करोड ४४ लाख २० हजार, पशु बिकास कार्यक्रममा ७६ लाख २२ हजार,शिक्षा बिकास कार्यक्रममा १ करोड ८ लाख ६० हजार, स्वास्थ्य कार्यक्रममा १ करोड १० लाख महिला बिकास शाखा तथा अन्य लक्षित कार्यक्रम तर्फ २५ लाख, मेयर उपमेयर स्वरोजगार कार्यक्रममा २० लाख, आयुर्वेदमा ९ लाख ९६ हजार, खानेपानीमा ४० लाख, न्यायीक समितिमा १० लाख, खेलकुदमा ४५ लाख, प्रकोप कोष(कोरोना)का लागि ५० लाख,बिपद व्यवस्थापनमा ३० लाख, नगरस्तरिय अन्य योजनामा ८ करोड ६२ लाख ५३ हजार,सशर्त कार्यक्रम (प्रदेश) १ लाख, समपुरक अनुदान(प्रदेश) १ करोड,समपुरक अनुदान(संघिय)३ करोड, सशर्त कार्यक्रममा ३१ करोड ४८ लाख ३८ हजार सहित पूंजीगत खर्च तर्फ जम्मा ६६ करोड ०५ लाख ८९ हजार र चालू खर्च तर्फ ७ करोड १८ लाख सहित कुल खर्च ७३ करोड २३ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरिएको छ।

छैठौं नगरसभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम अनुसार बजेट ल्याइएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए। आ.ब.०७७/०७८ को बजेटले रोजगारी सृजना, उत्पादन बृद्वी,कृषि तथा पशु बिकासमा बिशेष जोड,घरेलु तथा लघु उद्यममा जोड, शिक्षा र स्वास्थ्य, खानेपानी बिकासमा जोड दिई अधिकतम सर्वसाधारणको पहुँच सम्म पुर्याउने,लक्षित बर्गको जीवन स्तर उकास्ने, कोरोना भाइरसको प्रभावित क्षेत्रलाई जोड दिने, दिगो पूर्वाधार बिकासलाई जोड दिने, सुशासन तथा सूचना प्रबिधिलाई जोड दिने, निजी क्षेत्र सँग सहकार्यमा जोड जस्ता उदेश्यहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको नगर प्रमुख शाहले जानकारी गराए।

तपाईको प्रतिक्रिया