Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ असार २०७७ । झापामा आज १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । झापाका फोकल पर्सन जीवन चम्लागाईले ८ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको बताउनुभयो । यो सहित झापामा कूल संक्रमित संख्या २ सय ५ जना पुगेको छ ।

आज थपिएका संक्रमितमा सबै भन्दा बढी बुद्धशान्ति गाउँपालिकामा देखिएका छन् । बुद्धशान्तिमा तीन जना महिला र तीन जना पुरुष छन् । उनीहरु मध्ये कुवेतबाट आएका तीन महिला, भारतको मुम्बई र गुजरातबाट आएका पुरुषमा संक्रमण देखिएको हो ।

बिर्तामोड नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ । ओमनबाट आएका एक जना स्थानीय क्वारेन्टिनमा बसेका थिए भने एक जना भारतको चेन्नईबाट फर्किएका हुन् । चेन्नईबाट फर्किएका होम क्वारेन्टिनमा रहेका थिए ।

यसैगरी मेचीनगरमा तीन जना महिला संक्रमित देखिएका छन् । दुई जना कुबेतबाट र एक जना भारतबाट फर्किएका हुन् । यसैगरी हल्दिबारी गाउँपालिकामा पनि थप दुई जना महिलामा संक्रमण देखिएको छ । उनीहरु कुबेतबाट फर्किएका हुन् ।

संक्रमित पुरुषलाई मोरङको गोठगाउँ र महिलालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया