Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ९ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार ९९ सय पुगेको छ । जसमा ९ हजार १ सय १५ पुरुष र ९ सय ८४ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको बताए ।

जसमा ४ सय ४८ पुरुष र ९० महिला रहेका छन् । हालसम्म ७७ जिल्ला मध्ये संक्रमितहरु रहेको जिल्ला ७६ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ रहेको छ । जसमा २ हजार ३५ पुरुष र १ सय ८९ महिला रहेका छन् ।

संक्रमित हुनेमा झापाका १३ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका १ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।
यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ७१ हजार५ सय ८४ र पीसीआर विधिबाट १ लाख ८६ ह्जार ३ सय ६६ नमुना परीक्षण गरिएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ९५ र आरडीटी विधिबाट ३ हजार ४ सय ८१ नमुना परीक्षण गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८५ हजार ८ सय १३ रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ८ सय ५१ जना रहेका छन् । हालसम्म रेडजोनमा पर्नेको संख्या ५०८ रहेको छ ।

यसैबीच, कोरोना संक्रमणले थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष रहेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको बताए ।
उनी क्षयरोग र दमको बिरामी थिए । यो सँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया