बुधबार, चैत्र ०८, २०७९
Wednesday, March 22, 2023

झापा, ८ असार २०७७ । झापामा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भद्रपुर नगरपालिकाका दुई महिला र दमक नगरपालिकाका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भद्रपुर नगरपालिकाको हिमाली माविको क्वारेन्टाइन्मा रहेका दुई जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले बताए । उनीहरु केही दिन अगाडी कुवेतबाट आएका हुन् ।

दमक नगरपालिका वडा नं.४ का १ पुरुषमा समेत कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएर नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा रहेका थिए ।

आज थप ३ जनामा संक्रमण पुष्टि भएसँगै झापामा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ । हालसम्म निको भएर घर फर्किनेको कुल संख्या १३२ जना रहेको चौलागाईंले बताए ।

तपाईको प्रतिक्रिया