Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ८ असार २०७७ । झापाको गौरादहमा पहिलो कोरोना संक्रमण पुष्टी भएकी महिला आज निको भएर डिस्चार्ज भएकी छिन् । गौरादह नगरपालिका-९ बैगुन्धुराकी २२ वर्षिय महिला विराटनगरको कोभिड-१९ अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

कोरोना संक्रमित युवतिलाई कोभिड-१९ विराटनगरको आइसोलेसनमा १३ दिनसम्मको उपचारपछि कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको गौरादह नगर स्वास्थ्य शाखा गोविन्द श्रेष्ठले जानकारी दिए ।

भारतको दिल्लीबाट आएर जनता मा.वि को क्वारेन्टाइनमा बसेकी उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । गौरादहमा यहि जेठ १४ गते पहिलो पटक २ पुरुषमा, जेठ २३ गते थप एक पुरुषमा र जेठ २८ गते पहिलो पटक एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।

यो सँगै गौरादहमा ३ पुरुष र १ महिला गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमा आज थप एक महिला र केहि समय अघि २ पुरुष गरि ३ जना कोरोना संक्रमण बाट निको भएर घर गइसकेका छन् । भने, मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनमा १ पुरुष उपचाररत रहेका छन् । झापामा पहिलो पटक एक महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया