Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, ८ असार २०७७ । विश्वमा फैलिएको कोभिड-१९ महामारी विरुद्धको जनचेतना जगाउने उद्देश्यले झापाको गौरादहमा कोभिड साथी अभियान सुरु गरिएको छ । यो अभियानले गौरादहमा कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिने उद्देश्य रहेको र अभियान अन्तर्गत कोरोना भाईरस कोभिड-१९ को संक्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने साबधानिका साथै जनचेतनामुलक जानकारी दिइने जनाइएको छ ।

घर, पसलमा गई जनचेतना फैलाउने जस्ता कार्यहरु गर्नुका साथै मास्क लगाउने, सेनीटाइजर प्रयोग गर्ने र भौतिक दुरीको ब्यबस्थापन कसरी गर्ने भन्ने जानकारि दिईने जनाइएको छ ।

उपभोक्ता हित संरक्षण मंच गौरादहको संयोजनमा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादह, लायन्स क्लब अफ गौरादह, लियो क्लब अफ गौरादह, गौरादह जेसिज, शुभलक्ष्मी सहकारी, क्रिएटिभ नेप्लीज युथ, आरम्भ फाउण्डेशन, गौरादह प्राविधिक शिक्षालय, पतञ्जली योग समिति, फर्निचर व्यवसायी संघ, उद्योग वाणिज्य संघ गौरादह संघ संस्थाहरुको सहकार्यमा कोभिड-१९ साथि अभियान संचालनमा आएको छ् ।

२५ जना स्वंयसेवीहरुलेहरुले  गौरादहका बढि भिडवाड हुने क्षेत्रको पहिचानगरि दिनको २ घन्टा सो अभियान चलाउने उपभोक्ता संरक्षण मंचका संयोजक दिलिप भण्डारिले बताए ।

गौरादह बजारबाट सुरु गरिएको अभियान सम्पुर्ण नगरक्षेत्र भरि पुर्याउने लक्ष्य रहेको जनाएको छ । स्वत स्फुर्त रुपमा संचालन हुनगईरहेको अभियानमा बिस्तारै अन्य सदस्यहरुलाई पनि जोड्दै लगिने बताईएको छ ।

तपाईको प्रतिक्रिया