Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरीगंज, ७ असार । झापाको गौरीगंज गाउँपालिकाका क्वारेन्टाइनमा बसेका ९१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको छ । कोरोना भाइरस संक्रमण भएरनभएको यकिन गर्न ६८ पुरुष र २३ महिला सहित ९१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको हो ।

उनीहरुको स्वाब संकलन गरेर आज प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि गौरीगंज-६ को प्राथमिक स्वास्थ्य चौकी र ३ नं. वार्डमा रहेको गौरीगंज बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका महिला पुरुष गरि ९१ जनाको पीसीआर परीक्षणकालागि पठाइएको प्रमुख मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया