Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, ७ असार २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको जानकारी दिए ।

संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।

त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा १९४ डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ हजार ७७२ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६२ हजार १७४ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ९ हजार ८७४ आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख ७५ हजार १७३ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९४ हजार ९२८ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार २३१ जना रहेका छन् ।
यसैबीच, कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना का कारण मृत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

तपाईको प्रतिक्रिया