आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

झगेन्द्र खड्का

गौरादह, ६ असार २०७७ । गौरादह नगरपालिकाले आ.व. २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। गौरादह नगरपालिकाको सभाहलमा नगरपालिकाका मेयर रोहित कुमार शाहले आ.ब. २०७७/०७८को छैठौं नगरसभाका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा गौरादह नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेको छ।

यस नगरपालिका भित्र बसोवास गर्ने अधिकांश नगरवासिहरु कृषि पेसामा आश्रित रहेकाले आ.व. २०७७/०७८ नीति तथा कार्यक्रममा किसानहरुको आयआर्जन बढाउदै जीवन स्तर उकास्न नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

कोरोना भाइरस संक्रमणका कारण भारत लगायत अन्य मुलुकमा रोजगारीका लागि गएका युवाहरु घर फर्कने क्रम बढी रहेकाले कृषि क्षेत्रमा युवाहरुलाई रोजगारीका अवसर सृजना गराउने लक्ष्यका साथ कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि नीति तथा कार्यक्रममा समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा जनताका प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, कृषि,पशुपालन,शिक्षा, नगर गौरवका आयोजना लगायत पूर्वाधार बिकासका र बिपन्न गरिब तथा लक्षित समूहको जीवन स्तर सुधार गर्न युवा स्वरोजगार तथा रोजगारी सृजना,बिपद व्यवस्थापन, सुशासन, खेलकुद विकाश, खानेपानी,सूचना प्रबिधि तथा संचार सामाजिक सुरक्षा एवंम धर्म संस्कृतिको जगेर्ना लगायतका बिषयलाई पनि निति तथा कार्यक्रममा समेटिएको छ।

छैठौं नगरसभालाई सम्बोधन गर्दै प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कोरोना भाइरसले विश्व आक्रान्त भइरहेको समयमा सबै नेपालीहरुले सचेत हुन आग्रह गरेका छन। बिदेशबाट नेपाल फर्कने क्रम बढी रहेकाले उनीहरुलाई सुरक्षित तवरले राख्न स्थानीय तहमा पनि सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे।

त्यस अवसरमा जिल्ला समन्वय समिति सदस्य चन्द्र सुब्बा,समाज सेवी अनिल कृष्ण प्रसाईं, मदन अधिकारी, नेका नगर अध्यक्ष यादब राज सेढाई, नेकपा नगर अध्यक्ष मित्र देब काफ्ले, राप्रपा नगर अध्यक्ष शान्ति राम नेपाल, जनता समाज वादि पार्टीका नितेस्वर झा, गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जित बहादुर कार्की लगायतले शुभकामना मन्त्ब्य राखेका थिए।उपमेयर गीता भेट्वालले स्वागत मन्तब्य राखेकि थिइन।

 

तपाईको प्रतिक्रिया