Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

डाक्टरी लिलाका आठ श्रृखला – को हो पिडित न्यायालय बोलेको छैन – करोडको बार्गे्निङ – ५० लाखको कागज

झापा, १ भदौ । दमकस्थित लाइफलाइन अस्पतालका बालारोग विशेषज्ञ डा. अनिल थापा विरामी जाँच्न छोडेर अर्काकी श्रीमतिसँग रंगेहात पक्राउ परेपछि अस्पतालमा भर्ना भएका विरामी बच्चाका अभिभावक अन्योलमा परेका छन् ।
कसरी घट्यो त घटना हेर्नुहोस् ह्रासलिलाका श्रृखलाबद्ध घटना
पहिलो श्रृखला
काठमाण्डौं जोरपाटी –३ घर भइ दमकको लाइफलाइन अस्पतालमा कार्यरत डा. अनिल शर्मा सोहि अस्पतालमा केहिमहिनाअघि सम्म कार्यरत सन्ध्या प्रधानसँग अनैतिक ब्यवहारमा फसेको आशंका भएपछि सन्ध्याका श्रीमान र अस्पताल स्टाफहरुले फलो गरिरहे । घटना पटक पटक दोहोरिँदै गएपछि स्टाफले प्रश्न उठाए । एक कान दुइ कान मैदान भएपछि अस्पताल बोर्डको मिटिङले दुइमहिना अघि सन्ध्यालाई हटाइदियो ।
दोस्रो श्रृखला
सन्ध्यामाथि प्रश्न उठेपछि सन्ध्याका श्रीमान र उनीविचको सयनकक्ष चिसिन शुरु भयो । सन्ध्या दिनानुनि श्रीमानको निगरानीमा थिइन् । तर उनले डा. थापालाई छोड्न सकिनन् । उनका श्रीमानका अनुसार कहिले साथीको गेट टुगेदर छ भन्ने, कहिले केहि बहानामा घर छोड्ने गर्न थालिन । डा. थापासँग मिति २०७५ साउन १४ गते शिवसताक्षि ६ स्थित ‘द स्र्टन ब्लू’ नामक होटलमा श्रीमान श्रीमतिको नाममा इन्ट्री भइ कोठा नं १०४ मा एक घण्टा ३४ मिनेट बसे ।
तेस्रो श्रृखला
सन्ध्याका श्रीमान विनोद भट्टराई साउन २४ गते एक बजे गोप्य श्रोतबाट फोन आयो, तेरी श्रीमति र डा. थापा सँगै छन् भनेपछि उनी घरमा गए, घरमा श्रीमतिले चलाउने स्कुटर वाहिरै देखे । लक गरेको कोठामा ६ वर्षको सानो छोरो चिच्याइरहेको थियो । लक खोलेर सोध्दा ममिले लक गरेर जानुभयो भनेपछि उनी पूर्व इन्फरमेसनको आधारमा शिवसताक्षिको ‘द स्र्टन ब्लू’ तर्फ हुइकिए ।
चौथो श्रृखला
सोहि होटलमा मिति २०७५ साउन २४ गते १२ बजेर ४८ मिनेटमा पुन श्रीमान श्रीमतिकै नाममा दर्ता भइ १०१ नम्वरको कोठा लिए । गोप्य श्रोतको इन्फरमेसनलाई आधार मानेर डा.ले प्रयोग गर्ने गाडी नं बा. १६ च.९६९० नं प्लेको गाडी पार्किङको आधारलाई निसाना बनाएर सन्ध्याका श्रीमानले फलो गर्दा १ वजेर ३१ मिनेटमा सन्ध्यालाई बन्द कोठामा डा. थापासँग फेला पारेपछि बाहिरबाटै चुकुल लक गरि प्रहरी बोलाए । प्रहरीले सन्ध्या प्रधान र अनिल थापालाई रंगेहात समात्यो ।
पाँचौ श्रृखला
झिलझिले इलाकाले पक्राउ परेक दुवैलाई दमक इलाका पठाउन खोज्दा डा. थापा पक्षबाट राजनीतिक दवाब र संस्थागत दवाब श्रृजना भएपछि झिलझिले इलाकाले बाहिरै मिलेर आउन छोडिदियो । त्रिपक्षीय छलफलमा भट्टराइले उसले पाउने लैजाओस् तर रंगेहात भेटपछि म स्वीकार्दिन भनेपछि सन्ध्यालाई थापाले जिम्मा बुभ्mन स्वीकारेपनि उनकी श्रीमतिले नमानेपछि डा. थापासँग सन्ध्याले एक करोडदेखि दलाल शुरु गरिन । नाम गोप्य राखिएका भलाद्मी र नेताहरुले ५० लाखमा मिलापत्र गरिदिने सहमति गराए ।
छैटौ श्रुखला
मिलापत्रमा उल्लेख गरिए अनुसार साउन २८ गते ५ लाख बैनास्वरुप डा. थापाले दिए । सर्तनामा अनुसार भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि किस्ताबन्दीमा ५० लाख दिने, कार्तिक २० भित्रमा दोस्रो किस्ता स्वरुप २० लाख र बाँकी २५ लाख रुपैयाँ माघ २० गते दिनेछु भनि डा. थापालाई सहिछाप गराइएको छ । साक्षिको एक किनारामा इलाम सूर्योदय नपा ८ का सहिबहादुर प्रधान र विमल प्रधान रहेका छन् भने अर्को किनारामा काठमाण्डौं जिल्ला जोरपार्टी ३ घर भएक गोकर्ण थापाले हस्ताक्षर गरेका छन् । सो कागज श्रावण २५ गते गरिएको हो । श्रोत गोप्य राखिएको छ । मिलापत्र पछि सन्ध्यालाई आमाको जिम्मा र डा.अनिललाई श्रीमतिको जिम्मामा पठाइयो ।
सातौ श्रृखला
भोली पल्टै सन्ध्या पक्षले श्रीमान विनोदबाट छोरो र घरजग्गा सहित अंश गरिपाउँ भनेर उजुरी हालेपछि भट्टराई पक्षले किटानी जाहेरी दिए । तर प्रशाशनले लिन आनाकाना गरेपछि यो ब्यहोरा भएन, त्यो भएन भनेपछि २५ पटक लेख्नु परेको पिडित पक्षले बताए । पिडित पक्षले २८ गते सि डि ओ कार्यालयमा जाहेरी दिएपनि ३० गते ४ बजेपछाडीमात्र दर्ता गरिएको निवेदक पक्षको भनाइ छ ।
आठौ श्रृखला
दमक ५ निवासी विनोद भट्टराई र सूर्योदय इलामकी सन्ध्या प्रधानविच अध्यायनकै क्रममा २०६६ सालमा प्रेम विवाह भयो । उनीहरुको ६ वर्षको छोरा छ । कमाएको जायजेथा सन्ध्याले विवाहपछि श्रीमान भट्टराइकै सहायतामा स्टाफ नर्स र वि. एन.सम्म अध्यायन गरिन । पढेपछि जागिरको खोजिमा विनोद लागिपरे र लाइफलाइनमा जागिर खाइन् जागिरको ३ महिना वित्न नपाउँदै माथि उल्लेखित पहिलो श्रृखला घट्यो ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments