Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ६ असार २०७७ । झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीलाई औषधि दिन बन्द गरेको छ ।

अस्पतालले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य उपचारका लागि अस्पताल आएका विरामीलाई औषधि दिन बन्द गरेको जनाएको छ ।

स्वास्थ्य बिमा वोर्डले अस्पताललाई तिर्नु पर्ने रकम उपलब्ध नगराएकाले बिरामीलाई औषधि दिन बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य बिमा वोर्डले बीएण्डसी अस्पतालाई झण्डै १२ करोड रुपैयाँ तिर्नु पर्ने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले सेवाग्राहीलाई औषधि दिन छाडेपछि स्वास्थ्य बिमा गरेका विरामीले छुट्टै रकम तिरेर निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य भएका छन् ।

दमक नगरपालिकामा रहेको दमक अस्पताल प्रालिलेसमेत स्वास्थ्य बिमा वोर्डले समयमा रकम उपलव्ध नगराएको जनाएको छ । झापामा अहिलेसम्म तीन लाख ३३ हजार ७६ जनाले स्वास्थ्य बिमा गरेका छन् ।इमेज

तपाईको प्रतिक्रिया