Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ५ असार २०७७ । नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित ४ सय २६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

यो सँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । नयाँ संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् । बिहीबार एकैदिन ६७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रवक्ता गौतमले गएको २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भएको जनाए ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट सोही अवधिमा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

शुक्रबार मुलुकका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

७४ जिल्लामा फैलिसकेको कोेरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु नभएको डा. गौतमले बताए ।
अहिलेसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया