Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, ४ असार २०७७ । झापाको गौरादह नगरपालिकाबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका व्यक्तिहरु सहित ६१ जनाको पीसीआर परीक्षणका लागि नेजल र थ्रोट स्वाब संकलन गरि पठाइएको छ । कोरोना भाइरस संक्रमण भए/नभएको यकिन गर्न १ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी सहित क्वारेन्टाइनमा बसिरहेका गरेर ६१ जनाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको हो ।

उनीहरुको स्वाब संकलन गरेर हिंजो(बुधबार) वि.पि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । कामको सिलसिलामा आशंका गरिएको व्यक्तिहरुको नजिकमा पुगेका जनप्रतिनिधि र उनिहरुलाई स्वास्थ्य सेवा दिन खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएको हो । उनिहरु सबैजनाको रिपोर्ट आउन ३ देखि ५ दिन सम्म लाग्न सक्ने जनाएको छ ।

पीसीआर परीक्षणका लागि गौरादह नगरपालिका-९ बैगुन्धुरा अमर मा.वि को क्वारेन्टाइनमा बसेका २ जना महिला र १६ पुरुष गरि १८ जना, गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ३ जना महिला र १३ पुरुष गरि १६ जना, गौरादह नगरपालिका-१ जनता मा.वि को क्वारेन्टाइनमा बसेका ५ जना महिला र १६ पुरुष गरि २१ जना, जसमा ७ महिना, १ वर्ष र २ वर्षका बालकहरु पनि रहेका छन् । यस्तै, महारानीझोडा पुरानो स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ४ महिला र ३ पुरुष गरि ७ जना गरि ६२ जनाको कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाइएको छ ।

यस्तै, गौरादह नगरपालिका-९ बैगुन्धुरा अमर मा.वि को क्वारेन्टाइनमा बसेका २ जना महिला र १६ पुरुषमा गौरादह-२, ३, ४, ५, ६ र ९ नं. वार्डका ५० र २४ वर्षिय महिला रहेका छन् भने, पुरुषहरुमा ४९, ४४, ४२, ३९, ३५, ३०, ३०, २२, २१, २०, १९, १८, १८, १३, ९ र ४ वर्षिय बालकहरु समेत रहेका छन् । गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ३ जना महिला र १३ पुरुषमा गौरादह-१,३ र ४ नं. वार्डका २९, ६५ र १९ वर्षिय महिला रहेका छन् भने, गौरादह ३, ४, ५, ९ र ६ नं. वार्डका ६८, ५७, ५०, ३६, २३, २२, २२, २२, २०, २०, २०, १८ र १७ वर्षका पुरुषहरु रहेका छन् । यस्तैगरि गौरादह नगरपालिका-१ जनता मा.वि को क्वारेन्टाइनमा बसेका ५ जना महिला र १६ पुरुषमा गौरादह १, २, ३, ५, ६, ७ र ९ नं. वार्डका ५६, ५४, ४५, २५ र २१ वर्षिय महिला रहेका छन् भने, पुरुषहरु ५७, ५५, ५०,५०, ४३, ३५, २९, २८, २६, २३, २२, १६, १४, २, १ र ७ महिनाका बालक समेत रहेका छन् । महारानीझोडा पुरानो स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ४ महिला र ३ पुरुषमा गौरादह-४ र ५ नं. वार्डका ६२, ३७, ३२ र २८ वर्षिय महिला रहेका छन् भने, ५८, ४५ र २९ वर्षिय पुरुषहरु रहेका छन् ।

स्वाब संकलन गरिएका ६१ जनामा ५७ जना भारत बाट आएका महिला पुरुषहरुको समूह रहेका छन् भने, एकजना गौरादह-१ कि महिला जो कुवेत बाट आएकी र ३ जनामा १ जना जनप्रतिनिधि र २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

हालसम्म गौरादहमा १ महिला र ३ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमा भारतको सिक्कीम बाट आएका गौरादह-९ का ४१ वर्षीया पुरुष र गौरादह-९ कै विराटनगर बाट आएका २६ वर्षिय पुरुष गरि २ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । हाल आइसोलेसनमा १ महिला र १ पुरुष गरि २ जना रहेका छन् । जो कोभिड अस्पताल विराटनगरको आइसोलेसनमा उपचाररत १ महिला र मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनमा १ पुरुष उपचाररत रहेका छन् ।

हालसम्म ७० जना व्यक्तिहरु गौरादह नगरपालिका भित्र रहेका क्वारेन्टाइनमा रहेको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया