शनिबार, चैत्र ११, २०७९
Saturday, March 25, 2023

धनगढी, ३ असार २०७७ । सेती प्रादेशिक अस्पतालमा बुधबार कैलाली गोदावरी नगरपालिका ७ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली गोदावरी ७ का ४६ वर्षीय बस व्यवसायीको कोरोना संक्रमणबाट बुधबार साँझ ७ बजेर ५२ मिनेटमा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

‘मंगलबारदेखि कडा निमोनियाले श्वासप्रश्वासमा जटिलता पैदा भइसकेको थियो’, अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने, ‘चिकित्सकले बचाउने प्रयास गर्दागर्दै पनि बचाउन सकिएन ।’ उनले बुधबार बिरामीलाई काठमाडौं पठाउन एयर एम्बुलेन्स मगाउने प्रयास गरिए पनि पठाउन नसकिएको बताए ।

शनिबार राति १२ बजे मृतक बिरामीलाई नवनजीवन अस्पतालको आईसीयु कक्षबाट कोरोना पुष्टि भएपछि सेती अस्तालमा भर्ना गरिएको थियो । उनको आईसीयु कक्षमै राखेर उपचार गरिएको थियो ।

कैलालीको गौरीफन्टा र गड्डाचौकी सीमानाकामा पुगेका नेपालीलाई बसमा राखेर विभिन्न स्थानमा पुगाउने क्रममा उनी कोरोना संक्रमित भएको बताइएको छ ।

यसअघि नेपालमा कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया