Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, ३ जेठ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । जसमा पुरुष ६ हजार ६ सय ३८ र महिला ५ सय ३९ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ५ सय ४६ पुरुष ४० महिला थपिएका छन् । कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च संख्या रहेको छ । पछिल्लो २४ घण्टामा ९ जना पुरुष डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संखया १ हजार १ सय ६७ जना रहेको छ । डिस्चार्ज हुनेमा पुरुष १ हजार ५५ जना पुरुष र १ सय १२ महिला छन् ।

संक्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ३३ हजार ५४३ नमुना परीक्षण भएका छन् । भने, पीसीआर विधिबाट हालसम्म १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिएका छन् । गत २४ घन्टामा ६ हजार ३७ पीसीआर विधिबाट नमुना परीक्षण भएका छन् भने १० हजार २४ आरडीटी विधिबाट नमुना परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९ सय ९० जना रहेका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । तथ्यांक अनुसार अर्घाखाँचीका २, बारा २, गुल्मी २, बाँके २, बाजुरा १, ललितपुर १, सिन्धुपाल्चोक १, दोलखा १, डोल्पा १, पाल्पा १, दैलेख १, सुर्खेत १, पर्सा १, कैलाली १, स्याङ्जा १ र चितवनमा १ जना छन् ।

यसैबीच, विश्वभरका २ सय १५ देशहरूको सूचि समावेश गरिएको वल्र्डोमिटरमा कोरोना भाइरस रोगबाट प्रभावित देशहरूमध्ये नेपाल अहिले ७० नम्बरमा आएको छ ।
तथ्यांकअनुसार ७१ नम्बरबाट नेपाल संक्रमितको सूचिमा ७० नम्बरमा आएको हो ।

तपाईको प्रतिक्रिया