Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । जसमा ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला रहेका छन् ।
पछिल्लो २४ घन्टामा आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमा ३ सय ५२ पुरुष र २८ महिला रहेका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौतहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना, अछामका १ जना, बैतडीका २१ जना छन् ।

त्यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडौै १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौतहटका १४ जना, रोल्पाका १ जना , रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिनुभएको छ । डिस्चार्ज हुनेमा ८ महिला र १०९ पुरुष छन् ।

यो सँगै निको हुनेको संख्या १ हजार १ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख २३ हजार ५१९ नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार १८३ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४३ हजार ७३८ परीक्षणहरु गरिएका छन् । भने, गत २४ घण्टामा ५ हजार ५५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ५३१ जना रहेका छन् ।
हालसम्म कोरोना संक्रमणले १९ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया