Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३२ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । जसमा ५ हजार ३ सय २४ पुरुष र ४ सय ३६ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४२५ जनामा संक्रमण पुष्टि भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ सय ७५ पुरुष र ५० जना महिला थपिएका छन् ।
आज मात्र डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । जम्मा डिस्चार्ज हुनेको संखया ९ सय ७४ जना रहेको छ । डिस्चार्ज हुनेमा पुरुष ८७७ र महिला ९७ छन् ।

थपिएका नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १ , झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९ , सर्लाहीमा ६ जना, रौटहटमा २५ ,नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४ , डोटीमा ३ , कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३र३, रुकुम पश्चिममा २ , प्युठानमा २, दाङमा ५४ जना छन् ।
त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट २ लाख १० हजार ७ सय २१ र पीसीआर विधिबाट १ लाख ३१ ह्जार ३ सय ७७ नमुना परीक्षण गरिएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८९ र आरडीटी विधिबाट २० हजार १ सय ३९ नमुना परीक्षण गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४३ हजार ६ सय ४१ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय ६७ जना रहेका छन् । त्यसैगरि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

तपाईको प्रतिक्रिया