Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ३१ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७३ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा २ सय ४७ पुरुष र ३६ महिला रहेका छन् ।
योसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको उनले जानकारी दिए । जसमा ४ हजार ९ सय ४९ पुरुष र ३ सय ८६ महिला रहेका छन् ।

नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएका छन् । नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना डिस्चार्ज भएका हुन् ।

यो सँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ । जसमा ८२२ पुरुष र ९१ महिला रहेका छन् । संक्रमित हुनेको जिल्ला ७२ रहेको छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ९० हजार ५८२ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ५३० आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख २७ हजार २ सय ८८ परीक्षणहरु गरिएका छन् । गत २४ घण्टामा ५ हजार ६ सय ६१ पीसीआर परीक्षण गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५० हजार ५४९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४०४ जना रहेका छन् ।

त्यसैगरी, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । पर्साका बेवारिसे २५ वर्षीय मृतक पुरुष र बारा, निजगढका पाँच वर्षीय मृतक बालकमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको उनले बताए ।

तपाईको प्रतिक्रिया