Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरीगंज, ३१ जेठ । झापाको गौरीगंज गाउँपालिकामा आज थप तिन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका २६, २४ र १७ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनिहरु ३ जना नै भारतको लुधियानाबाट आएर गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी माविको क्वारेन्टाइनमा बसेको गौरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

उनिहरु सहित ६६ जनाको थ्रोट स्वाब र नोजल स्वाबको नमुना संकलन पीसीआर परीक्षणका लागि यहि जेठ २८ गते बुधबार पठाइएकोमा त्यसमध्ये ४१ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पीसीआर परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको  छ भने, ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै गौरीगंजमा कोरोना संक्रमितको सँख्या १५ पुगेको छ भने, अहिले सम्म संक्रमित पुरुष मात्र रहेका छन् । जसमा संक्रमित मध्ये ३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया