Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ३० जेठ २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ४ सय २४ पुरुष र २४ महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको उनले जानकारी दिए । जसमा ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ महिला रहेका छन् ।

नेपाल अहिले कोरोना भाइरस रोगबाट प्रभावित देशहरूमध्ये ७१ नम्बरमा आएको छ । वल्र्डोमिटरको तथ्यांकअनुसार ७४ नम्बरबाट नेपाल एकै पटक प्रभावित देशको सूचिमा ७१ नम्बरमा आएको हो । नेपालमा पछिल्लो २४ घण्टायता भेटिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ ।
हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् । जसमा ७८६ पुरुष र ९१ महिला रहेका छन् । संक्रमित हुनेको जिल्ला ७२ रहेको छ ।

संक्रमित हुनेमा मोरङका २ पुरुष, झापाका १३ पुरुष, महोत्तरीका १० पुरुष, चितवनका ८ पुरुष, धादिङका २९ पुरुष, सप्तरीका १७, उदयपुरका ३, सिरहाका ११ जना, इलामका १ जना, सुनसरीका १० जना, पर्वतका १३ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना र तनहुँका १ जना रहेका छन् ।
बर्दियाका १५ जना, बाँके १, नवलपरासी पूर्वका ४ जना, मोरङका १ जना, महोत्तरीका ६ पुरुष, धनुषाका १४ जना, सर्लाहीका ७ जना, कपिलवस्तुका ४ जना, दाङका ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अर्घाखाँचीका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जन, प्युठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका ४ जना, बाराका १ जना, धनुषाका १ जना, नुवाकोटका १ जना, रौतहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५० जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर हालसम्म १लाख २१ हजार ८६२ ‘पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ । गत २४ घण्टामा ५ हजार ९२५ वटा पीसीआर परीक्षण गरिएको छ भने, ९ हजार ९ सय ९ वटा आरडीटी परीक्षण गरिएको छ ।
हालसम्म देशभरका ‘क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० व्यक्तिहरु रहेका छन् । देशभरका ‘आइसोलेसन’मा ४ हजार १६९ कोरोना संक्रमित रहेका छन् ।
कोरोनाले थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।

मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको बुधबार मृत्यु भएको र जेठ २९ गते भने कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १६ पुगेको बताए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया