Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

गौरादह, २८ जेठ । गौरादह नगरपालिका भित्र रहेका पसलहरु खुल्ने समय तालिकामा हेरफेर गरिएको छ। गौरादह नगरपालिका र गौरादह उद्योग वाणिज्य संघ द्वारा संयुक्त रूपमा हस्ताक्षर गरि पसल खुल्ने समय परिवर्तन भएको जानकारी गराएका छन् ।

गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह र गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जित बहादुर कार्कीले संयुक्तरूपमा हस्ताक्षर गरि निकालिएको सुचना अनुसार पसलहरु बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म खुल्ला रहने जानकारी गराइएको छ। यसअघि बिहान ८ बजेदेखि दिउँसो १२ बजे सम्म जोर बिजोरका आधारमा पसलहरु खुल्दै आएका थिए।

जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम,उपचार समन्वय तथा अनुगमन समिति झापाको निर्णय अनुसार नेपाल सरकार र प्रदेश सरकारले निषेध गरेका व्यवसायीक पसलहरु बाहेक अन्य पसलहरु सामाजिक दुरी कायम गरि तोकिएको समयमा संचालन गर्न सकिने गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जित बहादुर कार्कीले जानकारी गराए। स्वास्थ्य र सुरक्षाका मापदण्डलाई पालना गरि पसल संचालन गरिने र समय तालिका परिवर्तन गरिए संगै जोर बिजोर प्रणालीलाई हटाइएको पनि अध्यक्ष कार्कीले बताए।

कोरोना भाइरस संक्रमण त्रास फैलिए संगै बढी भिडभाड हुने स्थान तथा बजारहरु बन्द गरिएका थिए। नगरपालिका भित्र रहेका पसलहरुबाट ग्राहकहरुलाई चाहिएको खाद्यान्न तथा अति आवश्कीय सामग्रीहरु सहज रुपमा उपलब्ध गराउन समय तालिका बढाइएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए। गौरादह नगरपालिका भित्र ठुला साना गरि १३ वटा बजार रहेका छन।

यस्तै, १२ वर्ष मुनीमा बालबालिका, गर्भवति महिला , दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई बाहिर हिडडुलमा निषेध गर्ने निर्णय भएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments