Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । आज थप २ सय १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

जसमा आज मात्रै २ सय ९ पुरुषमा र ४ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय २ जना डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् ।
हालसम्म निको भएर घर फर्किनेको संख्या ४ सय ६७ पुगेको देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया