Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, २४ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । आज थप ३ सय २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

जसमा आज मात्रै २ सय ८६ पुरुषमा र ३७ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म ३ हजार ३ पुरुषमा र २ सय ३२ महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ३ सय ६५ पुगेको छ ।

हालसम्म ७७ जिल्ला मध्ये ७० जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितका कारण मृत्यु हुनेको संख्या १३  पुगेको छ ।

तपाईको प्रतिक्रिया