Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

अनलाइनविचार संवाददाता
गौरादह, २३ जेठ । झापाको गौरादह नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नियमित प्रेस मिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले गौरादहका १ जना २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।

गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा बसेका २२ जना मध्ये १ जना २० वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको हो ।

बुधबार गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका २२ जना र गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा रहेका १६ जना गरि ३८ जनाको पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।

जसमा गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा बसेका २२ जना मध्ये गौरादह-७ का २० वर्षीय १ युवकमा रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । २१ जनाको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ । बाँकी १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

गौरादहमा यहि जेठ १४ गते पहिलो पटक २ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । यो सँँगै गौरादहमा कोरोना संक्रमितको सँख्या ३ पुगेको छ ।

यस्तै, गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका ३५ बर्षिय १ जना पुरूषमा  काेराेना  पुष्टि भएकाे जनाएकाे छ ।
भारतकाे दिल्लीबाट गाैरीगंज आईपुगेका उनकाे जेठ १९ गते स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि धरान पठाईएकाे थियाे ।

काेराेना संक्रमित उनलाई गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा राखिएको छ । उनीलाई थप उपचारका लागि काेराेना अस्पताल गाेठगाउँ पठाउन लागिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । आज १ जना संक्रमित थपिएसँगै गौरीगंजमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

तपाईको प्रतिक्रिया