Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २३ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । आज थप २ सय ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

जसमा आज मात्रै २ सय ६७ पुरुषमा र ११ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म २ हजार ७ सय १७ पुरुषमा र १ सय ९५ महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

निको भएर घर फर्किनेको संख्या ३ सय ३३ पुगेको छ ।

हालसम्म ७७ जिल्ला मध्ये ६७ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया