Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, २२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । आज थप ३ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

जसमा आज मात्रै ३ सय १९ पुरुषमा र १५ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म २ हजार ४ सय ५० पुरुषमा र १ सय ८४ महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

निको भएर घर फर्किनेको संख्या २ सय ९० पुगेको छ ।

हालसम्म ७७ जिल्ला मध्ये ६५ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण का कारण १० जना को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया