Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
गौरादह, २१ जेठ । झापाको गौरादह नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३८ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि बुधबार (आज) पठाइएको छ । जसमा ३२ जना पुरुष र ६ जना महिलाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

गौरादह नगरपालिका-७ ग्वालडुब्बाको जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका २२ जना र गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा रहेका १६ जनाको पीसीआर परीक्षणका लागि पठाइएको हो ।

गौरादहमा यहि जेठ १४ गते पहिलो पटक २ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेकाहरुको यहि जेठ ११ गते २० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने, बाँकी १८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएकाहरुको आज ७ दिन पछि पूनः ती १८ जना र ४ जना थप नयाँको पीसीआर परीक्षणका लागि पठाइएको जनाएको छ ।

यस्तै, गौरादह कृषि क्याम्पसमा १८ जना रहेकोमा २ जना पुरुष हरुलाई १९ गते नै क्वारेन्टाइनबाट छोडिसकेको जनाइएको छ । गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठका अनुसार गौरादह नगरपालिका वार्ड नं. ९ र ५ घर भएका ति दुई व्यक्तिहरु मेची नाका बाट ल्याइएको थियो । ति दुई पुरुष गौरादह कृषि क्याम्पसको क्वारेन्टाइनमा राखिनुभन्दा पहिले बिर्तामोड नगरपालिकाको कञ्चनजंघा हेल्थ इन्स्टिच्युटको क्वारेन्टाइनमा रहेको र उनिहरुको त्यहाँ नै ४ दिन अघि पीसीआर परीक्षण गरिएको थियो । र यहाँ गौरादहको क्वारेन्टाइनमा ल्याउँदा पनि उनिहरुलाई छुटै सुरक्षित तरिकाले राखिएको र १९ गते उनिहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि उनिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै छोडेको बताए ।

यस्तै, गौरादह नगरपालिका-५ को महारानीझोडा पुरानो स्वास्थ्य चौकी क्वारेन्टाइनमा बसेका ३ वर्षको बालक, १ जना स्वास्थ्यकर्मी सहित १२ जना व्यक्तिहरुको पीसीआर परीक्षण नेगेटिभ आएको छ । उनिहरुको यहि जेठ १६ गते स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाइएकोमा बुधबार (आज) रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया