Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २१ जेठ । झापाको कमलगाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कमल गाउँपालिका १ बस्ने १८ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको बुधबारको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस मिटमा जानकारी दिए । भारतबाट फर्किएका ती युवक विराटनगर नाकाबाट स्वदेश फर्किएका हुन् ।

गाउँ फर्किएका ती युवकलाई सहिद धर्मभक्त माविको क्वारेन्टाइनमा राखिएको थियो । त्यहीबाट स्वाब संकलन गरी धरान पठाइएकोमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको बताए । उनलाई उपचारका लागि धरान वा विराटनगर पठाउने तयारी भइरहेको जनाइएको छ । योसँगै जिल्लामा संक्रमितको संख्याको ११५ पुगेको छ, भने जिल्लाको क्वारेन्टाइनमा बसेका ताप्लेजुङ र पाँचथरका चार संक्रमितको संख्या जोडदा ११९ पुगेको हो ।

कमल गाउँपालिका संक्रमण भेटिएसँगै जिल्लाको १५ वटामध्ये ९ वटा स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ ।

तपाईको प्रतिक्रिया