Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २१ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । आज थप २ सय १ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

जसमा २ हजार १ सय ३० पुरुष र १ सय ७० महिला रहेका छन् । निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।

हालसम्म ७७ जिल्ला मध्ये ६४ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण का कारण ९ जना को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया