Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा , १९ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ८ सय ११ पुगेको छ । आजै एकैदिन २ सय ३९ मा कोरोना संक्रमण देखिएको हो । यो आज सम्मकै धेरै संख्या हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार थप १३ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिले साँझ अद्यावधिक गरेको विवरण अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष त्यस्तै, कपिलवस्तु मायाँदेवी गाउँपालिका का १९, २१, २६, २६, २७, ३५, ४० वर्षका पुरुष मा र रुपन्देही गैडहवा गाउँपालिका का ३ वर्षीय बालिका र ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया