Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १७ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । शनिबार(आज) थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको शनिबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । जसमा १ हजार २ सय ८८ पुरुष र १ सय १३ महिला रहेका छन् ।

संक्रमित हुनेमा झापा का १ जना, कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४, सिरहा ११, सप्तरी ९, धनुषा ७, रौतहट ६, दाङ ५, महोत्तरी ४,पर्सा २, संखुवासभा २, ललितपुर १, बाराका १ जना रहेका छन् । संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् । गत २४ घण्टामा २ हजार ५ सय ७५ वटा पीसीआर नमुना परीक्षण भएका छन् भने, १ हजार ५ सय ७७ वटा आरडीटी गरिएका छन् ।
हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ७८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया