Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024
काठमाडौं, २९ साउन । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षमा मात्रै करीब चार हजार किलो सुन तस्करी भएको बताएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा मंगलबार गृहमन्त्री थापाले यस्तो जानकारी दिएका हुन ।
बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय नेपालमा मुख्यरुममा दुबई हुँदै सुन तस्करी हुने गरेको बताए । ३३ किलो सुन तस्करीका लागि गठित छानबीन विशेष समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएको उनले दाबी गरे ।
गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचना गर्ने कामलाई तीब्रता दिएका जानकारी दिए । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गरे ।
तपाईको प्रतिक्रिया