Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १६ जेठ । झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा २७ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ ।

कचनाकवल गाउँपालिकाका २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जो २४ देखी ५४ वर्षका पुरुष रहेका छन् । यस्तै, धरानमा कोरोना पुष्टि भएका व्यक्ति झापा भद्रपुरका हुन जो ३४ वर्षिय पुरुष हुन् ।

योसँगै झापाको कचनकवलमा मात्र कोरोना संक्रमितको संख्या एकसय पुगेको छ । बिहीबार कचनकवलका ७३ जनामा संक्रमण देखिएको थियो । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया