Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, १६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

जसमा १ हजार १०३ पुरुष र १सय९ महिला रहेका छन् । संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ५४ परीक्षणहरु गरिएका छन् । गत २४ घण्टामा ३ हजार २ सय ३८ वटा पीसीआर नमुना परीक्षण भएका छन् भने, ३ हजार ४ सय ४४ वटा आरडीटी गरिएका छन् ।

हालसम्म ९९ हजार ३ सय ३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार रहेका छन् ।

यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार आज थप १ जनाको कोरोनाबाट ज्यान गएको हो ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अर्घाखाचीका ३५ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।
उनको गत १० जेठमा मृत्यु भएको थियो । भारतबाट आएका उनको ११ जेठमा स्याम्पल लिइएको थियो । बिहीबार मात्र उनको रिपोर्ट पोजिटिभ आएको हो ।

तपाईको प्रतिक्रिया