Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
इटहरी, २९ साउन ।  मोरङको एक विद्यालयमा रहेको खानेपानी खादा २० जना विद्यार्थी विरामी परेका छन् ।
मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले विषादी हाली दिएपछि सो पानी खाँदा विद्यार्थी बिरामी परेको बताइएको छ ।
बिरामीमध्ये १८ जनाको मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असइ हरिनारायण राजबंशीले जानकारी दिए । बाँकी दुई जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको प्रहरीले जनाएको छ । विद्यालय समय सुरु हुनु अघि विद्यार्थीले पानी पिएका थिए । त्यसपछि शिक्षकले पनि पिउने क्रममा केही गन्ध आएजस्तो लागेपछि ट्यांकीमा हेर्दा विषादी हालेको पाइएको बताइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको र अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया