Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार(आज) थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा ९४० पुरुष र १०२ महिला रहेका छन् ।

झापामा बिहीबार थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सँगै झापामा संक्रमितको संख्या ७९ पुगेको छ ।

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ। निको भएर घर फर्कनेको संख्या १८७ पुगेको छ भने, कोरोना संक्रमितका कारण ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया