Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १५ जेठ २०७७ । झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको सख्ंया १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया