Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
डण्डिराज घिमिरे
झापा, २९ साउन । झापाको गौरादह नगरपालिकाको वाडा कार्यलयमा आज विहान ६ः ४५ बजे विस्फोट भएको छ ।
नेकपा माओवादी बिप्लब समूहले नेपाल बन्द आवहान गरेको भनिएको दिन विहानै गौरादह नगरपालिकाको वार्ड नम्बर – ७ को कार्यलय परिसरको पूर्व दक्षिणमा सो विस्फो भएको हो । ठूलो आवाज सहितको विस्फोट पछि ग्वालडुब्बा बजार क्षेत्रका स्थानीयहरुमा भागदैड भएको र स्थानीयहरु त्रसिद भएको स्थानीय ब्यवसायी गणेश सिटौलाले बताए ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
सामान्य क्षती पुगेको झ्याल
विस्फोटले कुनैपनि मानवीय क्षती नभएको सशस्त्र प्रहरीवल बेसक्याम्प गौरादह– ९ बैगुनधुराका प्रहरी निरिक्षक संकर तिवारीले बताए । तिवारीका अनुसार स्थलगत निरिक्षण गर्दा सो विस्फोट कुनै बम नभएर पटका भएको हुनसक्ने बताए । घटना स्थलमा कुनैपनि तार तथा बिद्युतीय प्रमाण केही पनि नभेटिएको समेत प्रहरी निरिक्षकले बताए ।
वडा कार्यलयका वाडा सचिव ओम तिवारीका अनुसार भवनको एउटा झ्यालको सिसामा सामान्य क्षतीमात्र पुगेको छ ।
स्थानीयका अनुसार विस्फोट हुनु भन्दा १५ मिनेट अगाडि सो स्थानमा हेलमेट लगाएका दुई अपरिचित युवाहरु मोटरसाइकल देखिएका थिए ।
तपाईको प्रतिक्रिया