Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । थप ७ जनामा संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो । जसमा ६ सय २ पुरुष र ८० महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो गरेको मिडिया ब्रिफिङका क्रममा हालसम्म १ सय १२ जना निको भएर घर गएका छन् भने, कोरोनाका कारण ४ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ ।

प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए । वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको मृत्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या लिएर मृत्यु भएको ८ दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कारसमेत गरिसकिएको छ ।

यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृतकमा कोरोना पुष्टि भएको थियो ।

 

तपाईको प्रतिक्रिया