Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । आज एकै दिन ७२ जना कोरोना संक्रमित थपिएका हुन् ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३७, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बाँकेस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ र हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टी भएको हो ।

यस्तै, नेपालगञ्जस्थित भेरी अस्पतालमा ५ र सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टी भएकामा सबैभन्दा बढी रौतहटका १८ देखि ५३ बर्ष उमेर समुहका २६ जना पुरुष छन् । यस्तै, बाराका १८ देखि ५० बर्ष सम्मका गरी २३ जना, दैलेखका ६ पुरुष र १ महिला गरी ७ जना, बाँकेका ४ पुरुष, काठमाडौंको टोखा र बुढानिलकण्ठका गरी ३ पुरुष, धनुषा र कपिलवस्तुका ३र३ तथा सप्तरीका २ र बर्दियाका १ पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता डा. समिरकुमार अधिकारीले अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया