Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १० जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । थप ३६ जना कोरोनाभाइरस संक्रमित सँगै कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ८४ पुगेको हो । जसमा ५ सय ५ पुरुष र ७९ महिला रहेका छन् । हालसम्म संक्रमित जिल्लाको संख्या ४० रहेको छ ।

यसअघि शनिबार बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन शनिबार ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । ७० जना संक्रमित निको भएर गएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया