Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ९ जेठ । नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ सय १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठ्माडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परिक्षण अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भए पश्चात संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिले राती अद्यावधिक गरेको विवरण अनुसार बारामा ६ जना पुरुषमा, भक्तपुर-९ निवासी ४२ वर्षीय महिलामा, मकवानपुर हेटौंडा-३ का ५४ वर्षीय महिलामा र सप्तरी बलान बिहुल गाउँपालिकाको ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको र हालसम्म उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । संक्रमित मध्ये ७० जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् । शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया